हुम्लाका सबै विद्यालय ४५ दिनका लागि बन्द

हुम्लाका सबै विद्यालय ४५ दिनका लागि बन्द

सिमकोट – हिमाली जिल्ला हुम्लाका सम्पूर्ण विद्यालयहरु बुधबारदेखि ४५ दिनका लागि बन्द भएका छन् । नियमत पुस १६ गतेदेखि माघ मसान्तसम्म हिमाली जिल्लाहरुमा चिसोका कारण यो अवधीमा छुट्टी हुने गरेको छ ।

वार्षिक परीक्षा सम्पन्नपछि विद्यार्थीहरु विद्यालयमा नआए पनि शिक्षकहरुले परीक्षाफल प्रकाशन गर्ने र आगामी शैक्षिक सत्रका लागि नयाँ कार्ययोजना बनाउने लगायतका कामहरु पुस १५ गतेसम्म गरेको रलिङ माध्यामिक विद्यालयका प्रधानाध्यापक निर्मला सुनुवारले बताईन् ।

नयाँ शैक्षिक सत्र आगामी फागुन २ गतेदेखि सञ्चालन हुने उनले जानकारी दिएकी छन् । सिमकोट गाउँपालिकाका सबै विद्यालयहरुमा मंसिर २७ गतेदेखि पुस ६ गतेसम्म वार्षिक परीक्षा सञ्चालन भएको थियोे ।

जिल्लाका अरु विद्यालयहरुमा यस अघि नै वार्षिक भएका थिए । पुस १५ गतेसम्म विद्यालयका सबै कामहरु सम्पन्न गरेर बुधबारदेखि विद्यालय बन्द भएका हुन् । हुम्लामा सबै तहका गरी १४६ वटा विद्यालय छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार