पछिल्लो २४ घण्टामा थप ७४३ जनामा काेराेना पुष्टि

पछिल्लो २४ घण्टामा थप ७४३ जनामा काेराेना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा सोमबार देशभर थप ७४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टाामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ।

विगत २४ घण्टामा १ सय ७५ जना कोरोनाबाट निको भइ घर फर्किएको प्रवक्ता डा. गौतमले बताए। यीसहित हालसम्म १८ हजार ८ सय ६ जना कोरोनाबाट निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ छ।

त्यस्तै विगत २४ घण्टामा थप ८ मृतकमा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ सय ५७ पुगेको छ। विगत २४ घण्टामा १० हजार २ सय ३४ जनाको पिसिआर परीक्षण भएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार