मंगलबार थप ८५५ जनामा कोरोना संक्रमण

मंगलबार थप ८५५ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबारसम्म कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ३१३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ११९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन ।

यस्तै काठमाडौं उपत्यकामा आज थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार