थप ७ जना कोरोना संक्रमितको मृत्यु

थप ७ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा १ महिला र ६ पुरुष गरी सात जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन ।

काठमाडौंमा मात्र तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौंकी ७१ वर्षीया महिला, ७४ र ६६ वर्षीय पुरुष संक्रमितको मृत्यु भएको हो। यस्तै सिरहाका २२ वर्षीय, पर्साका ६८ वर्षीय, धनुषाका ७६, र रुपन्देहीका ५३ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यसअघि सोमबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। नेपालमा पछिल्लो २४ घन्टामा मंगलबार थप ८५५ जनामा कोरोना भाइरसको संक्रमित देखिएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार