बितेको २४ घण्टामा ८ जनाको मृत्यु, मृतकको संख्या १८३ पुग्यो

बितेको २४ घण्टामा ८ जनाको मृत्यु, मृतकको संख्या १८३ पुग्यो

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट थप ८ जनाको मृत्यु भएको छ । आज नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ५ महिला र ३ पुरुषसहित ८ जनाको मृत्यु भएको हो । योसँगै कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनको जम्मा संख्या १८३ पुगेको छ ।

मन्त्रालयका अनुसार मृत्युहुनेहरुमा ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेका १–१ जना महिला तथा काठमाडौं, पर्सा र कपिलवस्तुका १–१ पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार १११ संक्रमित थपिएका छन् । याेसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको प्रवक्ता गौतमले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार