विद्यालयमा तास खेल्ने प्रअसहित ११ जना पक्राउ

विद्यालयमा तास खेल्ने प्रअसहित ११ जना पक्राउ

फाईल फोटो

काठमाडौँ । चितवनको एक विद्यालय हाताभित्र नगद सहित तास खेलिरहेका प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काेरोना भाइरस संक्रमणको जोखिम भएकाले घरभित्रै रहन प्रशासनले गरेको आग्रहलाई लत्याउँदै जिल्लाको खैरहनीस्थित एक विद्यालयभित्र तास खेलिरहेका प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

जिल्लाको खैरहनी नगरपालिका-२ स्थित लिटिल हेभन स्कुलकाे कक्षाकोठामा तास खेलिरहेको अवस्थामा विशेष सूचनाका आधारमा छापा मारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरु इलाका प्रहरी कार्यालयको हिरासतमा छन् ।

बिहीबार दिउँसो १ बजेतिर प्रहरीले विद्यालयबाट उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए । पक्राउ परेकाहरुलाई जुवा ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालय चितवनबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरी निरीक्षक घर्तीले बताए । उनीहरुको साथबाट ४५ हजार ६ सय ४० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार