गोरखाका कोरोना संक्रमितको चितवनमा मृत्यु

गोरखाका कोरोना संक्रमितको चितवनमा मृत्यु

काठमाडौँ । चितवनको भरतपुर अस्पतालमा गोरखाका एक कोरोना संक्रमितको उपचारका क्रममा ज्यान गएको छ । अस्पतालको आईसीयूमा उपचाररत गोरखा नगरपालिका-१३ का ३८ बर्षीय पुरूषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

भदौ ६ गते अस्पतालमा भर्ना भएका ती युवकमा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै चितवनमा शुक्रबार मात्रै कोरोना संक्रमित तीन जनाको मृत्यु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार