वीरगन्जमा थप १ कोरोना संक्रमितको मृत्यु

वीरगन्जमा थप १ कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । वीरगन्ज महानगरपालिका द्धारा सञ्चालित नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचार गराइरहेका एक संम्रमितको मृत्यु भएको छ । रौतहटको राजपुर, तुल्सीका ४० वर्षीय व्यक्तिको आइतबार बिहान मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिएका छन ।

मधुमेहका समेत बिरामी रहेका ती युवकमा पछिल्लो समय गम्भीर निमोनिया देखिएको अस्पतालले जनाएको छ । शुक्रबार उक्त अस्पताल भर्ना भएका उनको उपचार क्रममा आइतबार बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको डा चौरसियाले जनाएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार