आज राति १२ बजेदेखि दाङमा एक साता निषेधाज्ञा

आज राति १२ बजेदेखि दाङमा एक साता निषेधाज्ञा

दाङ । कोरोना भाइरस संक्रमण बढिरहेकाले दाङमा आइतबारदेखि एक साता निषेधाज्ञा जारी गरिएको छ। आइतबार राति १२ बजेदेखि भदौ २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो। कोरोना संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

निषेधाज्ञाको अवस्थामा सार्वजनिक सवारीका साधन, पासविनाका गाडी, अत्यावश्यक सेवा तथा वस्तु उत्पादन र वितरण गर्ने उद्योग एवं व्यवसायबाहेक अन्य उद्योग कलकारखाना र व्यापार सबै बन्द हुने भएका छन्। त्यसैगरी होटल, रेष्टुरेन्ट, खाजाघर पनि बन्द हुने भएका छन्।

बैठकले सरकारी राजस्व संकलनलगायतका कारोबार गर्ने गरी अनुमति प्राप्त भएबाहेकका बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन गर्नुपर्ने सञ्चालन गर्न पाइने छ। यद्यपि, स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ।

एक साताको निषेद्याज्ञाको अवस्था हेरी जिल्ला प्रशासन कार्यालय दाङले थप एक साता निषेधाज्ञाको समय लम्ब्याउन सक्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिए। दाङमा अहिलेसम्म ७ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार