बर्दियामा महिलामैत्री आइसोलेसन कक्ष निर्माण

बर्दियामा महिलामैत्री आइसोलेसन कक्ष निर्माण

फाईल फोटो

बाँके । बर्दिया जिल्लास्थित गुलरिया नगरपालिकामा  महिलामैत्री आइसोलेशन कक्ष निर्माण भएको छ। दुई साताअघि महिलालाई मात्र राख्न मिल्ने आइसोलेशन सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय बर्दियाका फोकलपर्सन  कृष्णगोपाल चौधरीले जानकारी दिए।

उनका अनुसार कोरोना संक्रमित महिलाको अब त्यहीँ उपचार हुनेछ। जिल्लामा रहेका ३ सय २९ कोरोना संक्रमितमध्ये ६२ महिला छन्। तीमध्ये ५२ जना निको भएर घर फर्केका छन्।

बर्दिया जिल्ला समन्वय समितिले बनाएको उक्त आइसोलेशन वार्डमा जेनेरेटरसहित एसी जडान गरिएको छ। संक्रमितको उपचारका लागि दुई स्वास्थ्यकर्मी र सुरक्षाकर्मी छन्।

छब्बीस शय्याको उपचार केन्द्र बनाइएको बर्दिया  जिसस प्रमुख शङ्करप्रसाद थारूले बताए। संक्रमितका लागि उपचार केन्द्र नहुँदा बाँकेलगायत जिल्लामा जानुपर्ने बाध्यता थियो। आइसोलेशन निर्माणमा करीब एक लाख ५० हजार बर्दिया जिससले व्यहोरेको जनाइएको छ। रासस

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार