स्वास्थ्य मन्त्रालयले फेरि माग्यो कोरोना संक्रमितको सेवामा खटिने स्वयंसेवक

स्वास्थ्य मन्त्रालयले फेरि माग्यो कोरोना संक्रमितको सेवामा खटिने स्वयंसेवक

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसन र क्वारेन्टिनमा रहेका कोरोना संक्रमितहरूको सेवामा खटिन इच्छुक स्वयंसेवकलाई आवेदन दिन आह्वान गरेको छ। उनले यसअघि पनि मन्त्रालयले स्वयंसेवकको माग गरेकोमा धेरैले इच्छा नदेखाएको बताए।

संक्रमितहरूको स्वास्थ्य सेवामा स्वेच्छाले खटिने गरी नर्स, चिकित्सक, प्यारामेडिक्स र सेवानिवृत्त भएका अन्य स्वास्थ्यकर्मीलाई आवेदन दिन आह्वान गरिएको मन्त्रालयका प्रशासन विभाग प्रमुख रघुराम बिष्टले जानकारी दिए।

त्यसका लागि इच्छुक स्वास्थ्यकर्मीले मन्त्रालयको वेबसाइटमा गएर तीन दिनभित्र अनलाइन आवेदन दिन सक्नेछन्। मन्त्रालयले स्वयंसेवकको माग संख्या भने तोकेको छैन।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार