मृत्युपछि कोरोना पुष्टि भएका एउटै परिवारका १५ जनालाई संक्रमण

मृत्युपछि कोरोना पुष्टि भएका एउटै परिवारका १५ जनालाई संक्रमण

बुटवल । रूपन्देहीको रोहिणी गाउँपालिकामा गत भदौ ६ गते मृत्यु भएका व्यक्तिको परिवारका १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। रोहिणी गाउँपालिका-३ का ५३ वर्षीय मृतकका परिवारका सदस्य, घरमा काम गर्ने कामदार र गाडी चालकसमेत गरी १५ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।

कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ शाहले संक्रमण पुष्टि भएकामध्ये १६ वर्षदेखि ६९ वर्ष उमेरसम्मका ८ जना पुरुष र ७ जना महिला रहेको जानकारी दिए। स्वासप्रश्वासमा समस्या आएपछि बुटवल र भैरहवाका अस्पताल हुँदै भारतको गोरखपुर लैजाने क्रममा उनको नौतनवामा पुग्दा गत भदौ ६ गते मृत्यु भएको थियो।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार