नेकपाले टुङ्ग्यायाे राष्ट्रिय सभा उम्मेदवार, यी हुन् सिफारिसमा परेका नारायणकाजीसहितका १६ जना

नेकपाले टुङ्ग्यायाे राष्ट्रिय सभा उम्मेदवार, यी हुन् सिफारिसमा परेका नारायणकाजीसहितका १६ जना

g]skf ;lrjfno a}7s ;Qf?9 g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf] ;lrjfno a}7s k|wfgdGqL lgjf;df ;f]daf/ a:b} . t:jL/ M k|wfgdGqLsf] lghL ;lrjfno, /f;;

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा उम्मेदवारको टुङ्गो लगाएको छ ।

शुक्रबार बिहान बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले आउँदो मंसिर ९ गते राष्ट्रिय सभा सदस्य सङ्ख्याको एक तिहाइ सदस्यका लागि हुन लागेको चुनावका लागि उम्मेदवार चयन गरेको हो ।

बैठकले १६ जनाको नाम टुङ्गो लगाएको पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रदेश १ मा नेकपाले महिलातर्फ इन्दु गौतम, दलतीबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाएको छ ।

यस्तै प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवानलाई उम्मेदवार बनाउने निर्णय गरिएकाे छ । नेकपाले प्रदेश २ मा राष्ट्रिय जनता पार्टीसँग तालमेलको सहमति गरिसकेको छ । प्रदेश २ मा राजपालाई २ सिट र आफूलाई २ सिट राखेर नेकपाले राजपासँग तालमेल गरेको हो ।

यस्तै नेकपाले प्रदेश ३ बाट महिलामा गङ्गा बेलबासे र अन्यमा वेदुराम भुसाललाई उम्मेदवार बनाएको छ ।

गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको छ । श्रेष्ठ नेकपाका सचिवालय सदस्य एवं पार्टी प्रवक्ता हुनुहुन्छ । त्यस्तै महिलामा भने भगवती न्यौपानेलाई उम्मेदवार बनाइएको छ ।

प्रदशे ५ मा महिलामा विमला घिमिरे र अपाङ्ग तथा अल्पसङ्ख्यकतर्फ जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईलाई उम्देवार चयन गरिएको छ । प्रदेश ६ मा नेकपाले महिलाबाट सुनिता बिसी र अन्यबाट मायाप्रसाद शर्मालाई उम्मेदवार छानेको छ । सुदूरपश्चिम प्रदेशबाट महिलामा शारदा भट्टलाई उम्मेदवार बनाउँदा अन्यबाट तारामान स्वाँरको नाम परेको छ ।

आइतबार राष्ट्रिय सभा चुनावका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने छ । प्रदेश २ बाहेकका प्रदेशमा नेकपाको स्पष्ट बहुमत रहेकाले राष्ट्रिय सभा चुनावका लागि छानिएका उम्मेदवारको जित निश्चित छ । प्रदेश २ मा पनि राजपासँग सिट बाँडफाँड गरेर तालमेल गरिएकाले नेकपाले चयन गरेका उम्मेदवार सबैले जित निकाल्ने निश्चित जस्तै छ ।

सचिवालय बैठकले राष्ट्रिय सभाका उम्मेदवारकाे टुङ्गाे लगएकाे भए पनि सभामुखलगायत अरु विषयमा भने बैठकमा छलफल नभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।

सत्तारुढ दलले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा झण्डै एक महिनादेखि प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ । राष्ट्रिय सभामा रिक्त भएका १९ सदस्यमध्ये एक जना राष्ट्रपतिले मनोनयन गर्ने भएकाले बाँकी १८ सिटका लागि आइतबार मनोनयन दर्ता हुँदैछ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार