शैक्षिक सत्र खेर जान दिँदैनाैँ : शिक्षा मन्त्री

शैक्षिक सत्र खेर जान दिँदैनाैँ : शिक्षा मन्त्री

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिक सत्र खेर नजाने गरी कार्यतालिका बनाइने बताउनुभएको छ । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तर्क्रियामा बुधबार उहाँले कोभिड–१९ का कारण पढाइ सञ्चालन नभए पनि पाठ्यभार घटाएर पूर्वनिर्धारित समयावधि भित्रै शैक्षिक सत्र पूरा गर्ने बताउनुभयो ।

वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मूल्याङ्कन र परीक्षाको अभिन्न अङ्ग बनाउने धारणा राख्दै उहाँले वैकल्पिक सिकाइका लागि सरकार अन्तर्गत छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने तयारी गरेको बताउनुभयो  ।

‘मैले व्यवस्थित वैकल्पिक शिक्षाका लागि प्रधानमन्त्रीज्यूसँग छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने प्रस्ताव गरेको छु । प्रधानमन्त्रीले पनि त्यसलाई सकारात्मक लिनुभएको छ’, मन्त्री  पोखरेलले भन्नुभयो, ‘त्यस्तो टेलिभिजनबाट बिहान माध्यमिक तह, दिउँसो आधारभूत तह र साँझ विश्वविद्यालय तहलाई सिकाइने व्यवस्था मिलाइनेछ ।’

कार्यक्रममा विद्यार्थी नेताहरुले वैकल्पिक सिकाइको पुनरावलोकन गरी थप प्रभावकारी बनाइनुपर्ने, शैक्षिक सत्रलाई जोगाउनुपर्ने, राेकिएकाे परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गरिनुपर्ने, कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गरिनुपर्ने लगायत विषयमा मन्त्री पोखरेललाई ध्यानाकर्षण गराएका छन् । रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार