ढोरपाटनमा बाढीले बस्ती बगाउँदा १२ जना बेपत्ता

ढोरपाटनमा बाढीले बस्ती बगाउँदा १२ जना बेपत्ता

फाइल फाेटो

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिका–९ मा बाढीले घर बगाउँदा १२ जना बेपत्ता भएका छन् । सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगेका छन् । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको स्थानीयले बताएका छन् ।

गएराती १२ बजे अरिवरल वर्षासँगै आएको बाढीले घर बगाउँदा करिब १२ जना सम्पर्क विहीन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

बाढीका कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी नेपाली सेना र सशस्त्र प्रहरीले उद्धार र बेपत्ताको खोजी गरिहेका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार