शुक्रबार दिनभर ललितपुरको चक्रपथ क्षेत्रभित्रमा कर्फ्यू

शुक्रबार दिनभर ललितपुरको चक्रपथ क्षेत्रभित्रमा कर्फ्यू

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ । बिहिबार रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोकमा दिनभर तनाव भएपछि प्रशासनले आज (शुक्रबार) विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको ललितपुरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

स्थिति हेरेर शुक्रबारदेखि जारी गर्न लागिएको कर्फ्युलाई समेत बढाउन सकिने प्रजिअ भट्टले बताए । स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्लाको शान्ति सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा जनस्वास्थ्य लगायतमा असर पुग्न सक्ने गतिविधि भएमा/देखिएमा प्रजिअले निषेधाज्ञा, कर्फ्यु वा दंगाग्रस्त क्षेत्र घोषणा गर्न पाउने अधिकार छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार