शल्यक्रिया गरेर कोरोना संक्रमति महिलालाई सुत्केरी गराइयो

शल्यक्रिया गरेर कोरोना संक्रमति महिलालाई सुत्केरी गराइयो

काठमाडौं‌ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा कोरोना संक्रमित एक महिलाको शल्यक्रियामार्फत प्रसूति गराएको छ। काठमाडौं निवासी २७ वर्षीय ती महिला निरन्तर फलोअपमा जादाँ ‘डेलीभरी प्लानको’ लागि पीसीआर गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो। तर उनीमा कुनै पनि लक्षण र ट्राभल हिस्ट्री नभए पनि डेलीभरी गराउनकै लागि पीसीआर गरिएको थियो ।

शुक्रबार बिहान १२ बजे उनको डेलीभरी गराएको शल्यक्रियाम संगल्ग्न डाक्टर ज्योत्सना शर्माले बताइन्। अहिले महिला र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टर शर्माले बताइन। शल्यक्रिया गर्ने टिममा डाक्टर ज्योत्सनासहित डाक्टर आकाश अर्याल र सुशीला लामा रहेका थिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार