रुकुम पश्चिममा नेकपा छोडेर काँग्रेसमा प्रवेश गर्नेहरुको लहर

रुकुम पश्चिममा नेकपा छोडेर काँग्रेसमा प्रवेश गर्नेहरुको लहर

मुसिकोट । रुकुम पश्चिममा नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेर काँग्रेसमा प्रवेश गर्नेको लहर चलेको छ । जिल्लाका विभिन्न ठाउँमा नेकपाका कार्यकर्ताहरुले देशमा कम्युनिष्टले केहि गर्न नसक्ने भन्दै काँग्रेसमा प्रवेश गर्ने गरेका छन् ।

स्थानीय तह, प्रदेश र केन्द्रमा समेत कम्युनिष्टको दुई तिहाईको सरकार हुँदा समेत नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन नसकेको भन्दै पूर्व माओवादी केन्द्र र एमालेका कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गर्ने लहर चलेको नेपाली काँग्रेसका रुकुम पश्चिमका पूर्व सभापति मान बहादुर नेपालीले जानकारी दिएका छन ।

यस्तै शुक्रबार जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ४ अमलाटाकुरामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरि २७ जना नेपाली काँग्रेसमा प्रवेश गरेकाे जिल्ला सभापति प्रेम प्रकाश ओलीले जानकारी दिएका छन । वर्तमान दुई तिहाईको सरकारको रबैयाबाट आजित भएको भन्दै काँग्रेसको समाजवादको सिद्धान्तलाई आत्मसात गर्ने काँग्रेस प्रवेश गर्ने लहर रुकुम पश्चिममा चलेको सभापति ओलीले जानकारी दिए ।

जनयुद्वको समयमा जनतालाई दिएको आश्वासन दुई तिहाइको सरकार हुँदा कुनै काम गर्न नसकेको, पार्टी र नेताहरु जनताको विकासका लागि भन्दा पनि भ्रष्ट्राचारीलाई संरक्षण गर्न र आर्थिक आम्दानी गर्नमा सक्रिय भएका कारण नेकपाका कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेको कांग्रेसका नेता तिलक भण्डारीले बताए। केही दिन अघि मात्र जिल्लाको आठविसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकामा नेकपा निकटका सयौं कार्यकर्ता काङ्ग्रेसमा प्रवेश गरेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार