थप १०४१ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ४५२७७ पुग्यो

थप १०४१ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ४५२७७ पुग्यो

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १०४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १२४७३ जनाको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन। योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५२७७ जना पुगेको छ।
यस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४०८ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७९०१ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा ३२६, ललितपुरमा ४५ र भक्तपुरमा ३७ संक्रमित थपिएका हुन्।

हाल देशभर १७८७० जना सक्रिय संक्रमित छन्। यीमध्ये ९८६६ जना संस्थागत आइसोलेसनमा रहेको डा. गौतमले जानकारी दिए। उनका अनुसार हाल ८ हजार ४ जना होम आइसोलेसनमा छन्।

मन्त्रालयका अनुसार हालसम्म ७५७९६३ जनाकाे काेराेना परीक्षण भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा मृतक ९ जनामा कोरोना पुष्टि भएको छ। यीसहित कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २८० पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार