रुकुमको आठबिसकोट बाट १६ केजी लागुऔषध सहित ३ जना पक्राउ

रुकुमको आठबिसकोट बाट १६ केजी लागुऔषध सहित ३ जना पक्राउ

फोटो जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट

मुसिकोट । रुकुम पश्चिममा लागुऔषध ओसारपसारमा संलग्न तीन जना पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको संयुक्त टोलीले जिल्लाको आठविसकोट नगरपालिका वडा नम्बर ५ जलिगार्डबाट लागुऔषध अफिस सहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा जाजरकोट जिल्ला नलगार्ड नगरपालिका वडा नम्बर ९ का बर्ष ३७ का प्रेम बहादुर सिंह, सोहि ठाउँमा बर्ष ४० का मान बहादुर सिंह र बर्ष ३२ का तप बहादुर सिंह रहेका छन । आठविसकोट नगरपालिका क्षेत्रमा लागुऔषधकाे कोरोवार भैरहेको गोप्य सूचनाको आधारमा उनीहरुलाई भदौ २० गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

शंकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरीले खानतलासी गर्दा उनीहरुकाे झोलाबाट १६ केजी अफिम बरामद गरेको थियो । प्रहरीले घटना सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार