तीन दिन भित्र हाजिर हुन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

तीन दिन भित्र हाजिर हुन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई तीन दिन भित्र आ–आफ्नो स्थानीय तहमा हाजिर हुन सर्कुलर गरेको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै मन्त्रालयबाट सरुवा तथा कामकाजका लागि विभिन्न स्थानीय तह तथा अन्य कार्यालयहरूमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई समयमै हाजिर हुन ताकेता गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृतहरु आफूखुसी बिदामा बसिरहेकाले दैनिक कामकाजको साथै कोरोना महामारी नियन्त्रण र रोकथाममा पनि असर पुगेकाले तीन दिनभित्र कार्यालयमा हाजिर हुन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको हो । यस्तै निर्देशन अटेर गरेर तीन दिन भित्र पनि कार्यालयमा उपस्थित नभए विभागीय कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार