कोरोना संक्रमणबाट पत्रकारको ज्यान गयो

कोरोना संक्रमणबाट पत्रकारको ज्यान गयो

फाईल फोटो

काठमाडौँ । नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट कपिलवस्तुमा एक जना पत्रकारको मृत्यु भएको छ। तीन दशकदेखि कपिलवस्तु सदरमुकाम तौलिहवामा रहेर पत्रकारिता गरिरहेका ६२ वर्षीय पुरुषको मृत्युको कारण कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका स्रोतव्यक्ति कुमार थापाले जानकारी दिए।

मृत्यु भएका ती पत्रकारमा उच्च रक्तचाप, मधुमेह, मृगौलाको समस्या थिए। उनका दुई छोरा कोरोना संक्रमण पुष्टि भएर घरमै आइसोलेसनमा बसिरहेका थिए। कोरोना संक्रमणको आशंका लागेर परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो।

मृत्युपश्चात स्वाब संकलन गरेर बुटवलस्थित लुम्बिनी प्रादेशीक अस्पतालमा परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो। उनमा कसरी संक्रमण भयो भन्ने खुलेको छैन।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार