सुविधा वन्चित समूहमा सारक्षता एवं जीवनपर्यन्त सिकाइको पहुँच विस्तार

५४ औ अन्तराष्ट्रिय साक्षरता दिवस

Corona-Ad-Raptisonari

सुविधा वन्चित समूहमा सारक्षता एवं जीवनपर्यन्त सिकाइको पहुँच विस्तार

५४ औ अन्तराष्ट्रिय साक्षरता दिवस

Florence Ad

सुविधा वन्चित समूह भन्नाले नेपालि नागरिक भैसकेपछि नेपाल सरकार मार्फत आधारभूत रुपमा नागरिकलाई उपल्बध गराईने जस्तै गास, बास, कपास, शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, सञ्चार, विद्युत जस्ता तमाम आवश्यकताहरु उपयोग गर्न वाट वन्चित गराइएका वा स्वस्फुर्त रुपमा आफैँ पहुँच वाट वन्चित भएका मानिसहरुको समूहलाई नै सुविधा वन्चित समूह भनिन्छ । अर्को अर्थमा भन्ने हो भने आदिबासि जनजाती उत्थान प्रतिष्ठान ऐन २०५८ ले सिफारिस गरेअनुसार सरकारले ५९ जनजातीहरुलाई सूचिकृत गरि ति जनजातीहरुलाई पनि पाँचओटा वर्गिकृत समूहहरुमा बाडेको छ । जसमध्ये (क) विकसित समूह अन्र्तगत– नेवारी र थकाली (ख) सुविधावाट वन्चित समूह अन्र्तगत– छैरोतन, मार्फाली, लिम्वु, जिरेल, थाङ्गवे, गुरुङ्ग, शेर्पा, व्याँसी, तिनगाउँले, मगर, याक्खा,ह्योल्मो, बाह्रगाउँले, राई, छन्त्याल (ग) सीमान्तकृत समूह अन्र्तगत– सुनुवार, राजवंशी, ताजपुरीया, मुगाली, थारु, गन्गाई, पहरी, लार्के, तामाङ्ग, धिमाल, तोप्केखोला, ल्होपा, भुजेल, भोटे, डोल्पो, दुरा, कुमाल, दराई, फ्रि, बा्ग्लुङ्ग (घ) अति सिमान्तकृत समूह– माझी, थुदाम, सन्थाल, बोटे, सियार, धानुक, झागड, दुनुवार, ल्होमी, थामि, बरामु र (ङ) लोपोन्मुख समूह– कुसुन्डा, सुरेल, किसान, कसुबाडिया, बन्करिया, हायु, लेप्चा, राउटे, राजी, मेचे आदि पर्दछन् ।

यि समूहहरु भित्रका जातजातीहरु नै मूख्तया सुविधावाट वन्चितमा रहेका पाईन्छन अझैँ प्रष्ट रुपमा भन्ने हो भने सुविधावाट वन्चित समूह लाई यसरि पनि उल्लेख गर्न सकिन्छ छैरोतन → छैनन् विभिन्न किसिमका सुविधाहरु पाएका, मार्फाली → मागवमोजिमका आधारभूत आवश्यकताहरु पर्याप्त रुपमा पाउन सकिरहेका छैनन्, लिम्वु → लिखित रुपमा मात्र सुविधाहरुको घोषणा गरिएको छ, जिरेल → जिर्ण अवस्थामा रहेको कारण सुविधा वाट वन्चित पारिएको छ, थाङ्गवे→ थालनि गर्न सकिरहेका छैनौँ वन्चित समूहलाई साक्षरता एव्म जीवन पर्यन्त सिकाइ को पहुचमा पु¥याउन, गुरूङ्घ → गुरूयोजना निर्माण गरि सुरु गर्नु पर्छ अब साक्षरता एव्म जीवन पर्यन्त सिकाइ दिन, शेर्पा → शेर्पा जातीलाई पनि जीवनपर्यन्त सिकाइमा जोडौ, व्यासी → व्यवस्थित तवरले विभिन्न खाले सुविधा दिउ, तिन गाउँले → तिनिहरुको जो वन्चित समूहहरुको मनोआकाङ्क्षा लाई आत्मासाथ गरौ, मगर → मनोविद्वको सहायताले पहुँच विस्तार गरौ, याक्खा → याद दिलाउने हिसावले जीवनपर्यन्त शिक्षामा कठिबद्व गराउ । यस्तै धरै थरिका सुविधा वन्चित समूहलाई सर्वप्रथम साक्षरता फैलाई अनि मात्र जीवनपर्यन्त सिकाइको पहुँच विस्तारमा लानु पर्दछ । यसैगरि अझ भन्ने हो भने वास्तविक सुविधा वन्चित समूह अन्र्तगत राउटे, राजी, मेचे, लेप्चा, हायु, बन्करिया, कसुबाडिया, किसान, सुरेल, कुसुण्डा आदि पर्दछन् भने दलीत भित्र पनि मूख्यतया लोहर, सुनार, कामी, दमाइ, सार्की, बादी, गाइने, कसाइ, कुस्ले, कुचे, च्यामे, पाँडे, चमार, धोवी, पासवान (दुसाध), तामा, डोम, वातर, खत्वे, मुसहर, सन्थाल, सतार, हलखोर यि २३ वटा जातिहरु पनि झनै सुविधा वन्चित समूह भित्र पर्दछन् । यति मात्र नभई विभिन्न आधारभूत सुविधाहरु जस्तै गास, बास, कपास, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार जस्ता तमाम सुविधाहरु वाट वन्चित परेका वा वन्चित पारिएका महिला, आदिवासि-जनजाति, मधेसी, दलित, अपाङ्ग, पिछडिएको क्षेत्र र गरिब तमाम जो ग्रामिण इलाका देखि शहर सम्म थुप्रै मानिसहरु सुविधा वन्चित समुहमा पारिएका वा परेका छन् ।

साक्षरताः मानवजीवनका लागि अति आवश्यक ज्ञान, सिप, क्षमता तथा विभिन्न खाले आदतहरु विकास गर्ने विशेषत औपचारिक, अनौपचारिक र अतिरिक्त माध्यमहरु हुन्छन् । सामान्यरुपमा भन्नुपर्दा साक्षर भन्नाले विभिन्न अक्षरहरुमा लिपिवद्व भएका सूचना र जानकारि पढेर, लेखेर, वा गणितिय अभ्यासवाट व्यक्तिले आवरश्यक सञ्चार गर्न सक्ने क्षमतालाई नै जनाउने गर्दछ । यसै गरि साक्षरताको परिभाषा पनि फरक–फरक तवरले परिभाषित गरेको पाइन्छ । युनेस्को को अनुसार सामान्तया पढ्ने, लेख्ने र दैनिक जीवनमा आइपर्ने गणितिय जोड र घटाउ गर्न सक्ने व्यक्तिलाइ साक्षर मानेको पाइन्छ । अनि यसै गरि युनिसेफ का अनुसार शहरि क्षेत्रमा न्यूनतम २००० र ग्रामिण क्षेत्रमा न्यूनतम १५०० शव्द जान्नु नै साक्षर रह्नु हो, जसले समाजमा प्रभावकारि रुपमा जीवनयापन गर्न सक्ने विकास गर्नका लागि आवश्यक पढाइ, लेखाइ र गणितिय क्षमता राख्नको लागि सहयोग पु¥याउछ । यसै गरि पाउलो फ्रेरेले को अनुसार साक्षरतालाई सामान्यतया शब्दहरु पढ्ने लेख्ने भन्दा पनि सामाजिक विश्व पढ्ने बुझ्ने क्षमताका रुपमा व्याख्या गरेका छन् । परम्परागत रुपमा सारतालाई सामान्यतया पढ्न,लेख्न तथा दैनिक जीवनका साधारण प्रकृतिका हरहिसाब गर्न सक्ने क्षमता हो भनिएको पाइन्छ । आधुनिक पद्वति अनुसार साक्षरतालाई सामान्य पढाइ, लेखाइ तथा हर हिसावका अतिरिक्त आफ्नो वातावरण सँग हुने अन्तरक्रिया गर्ने क्षमता हो । अर्को तरिकावाट हेर्दा साक्षरतालाई घच्च ठच्चको रुपमा पनि हेर्ने गरिन्छ । जहा घच्च भन्नाले चभबमष्लन, धचष्तष्लन, बचतजझबतष्अ र ठच्च भन्नाले चभबमष्लन, धचष्तष्लन, बचष्तजभतषत, चष्नजतक, चभकउयलकष्दष्ष्तिथ, चभबितष्यलकजषत, चभअचभबतष्यल लाई पनि लिन सकिन्छ । तर विश्वका प्राँयजसो मुलुकहरुमा अनौपचारिक शिक्षालाई कुनै न कुनै स्वरुपमा शैक्षिक प्रणालिको अभिन्न अङ्गका रुपमा मानिदै आएको छ । यस प्रणालिले स्वआर्जित ज्ञान सिपको परिष्कार, विकास, अधावधिक एव्म प्रमाणिकरण गर्ने तथा आधारभूत साक्षरता सिप विकास गर्ने गरि दुईओटा उद्देश्य पुरा गर्ने गरेको पाइन्छ ।

वि. सं. २००४ सालमा आधार शिक्षाको थालनि सँगै लेख्य साक्षरता शिक्षाको औपचारिक प्रारम्भ भएको हो । वि. सं.२००८ सालपछि भने आम जनतालाई साक्षर बनाउने कामको थालनी भएको थियो । “नेपालमा शिक्षा” प्रतिवेदन २०११ ले प्रौढ साक्षरता कार्यक्रमलाई जोड दिन सिफारिस गरेपछि वि.सं. २०१३ सालदेखि योजनावद्व रुपमा प्रौढ सारक्षता कार्यक्रम सञ्चालनमा ल्याइएको हो । साक्षरता शिक्षालाई जीवन पद्वति सँग आबद्व गर्न वि.सं. २०२२ सालदेखि कार्यमूलक साक्षरतालाई समावेश गरियो । राष्ट्रिय शिक्षा पद्वतिको योजना, २०२८ को मध्यावति मूल्याङकनपछि साक्षरता कार्यक्रमलाई अझ व्यापक वनाइएको थियो । यसै गरि शिक्षा मन्त्रालयमा वि.सं. २०३७ सालदेखि प्रौढ शिक्षा शाखा स्थापना गरि साक्षरता शिक्षालाई संस्थागत संरचनामार्फत विस्तार गरियो । वि.सं. २०३८ सालमा ग्रामिण विकासका निम्ती सेति शिक्षा परियोजनाको कार्यान्वन चरणमा महिला तथा किशोरीहरु लक्षित चेलिवेटी कार्यक्रम सञ्चालन गर्न थालियो भने प्रौढ साक्षरतामा समसामयिक सुधार गरि विस्तार गरियो । निरक्षता उन्मूलनको व्यवस्थित अभियान तिव्रता दिन संम्वत २०४५ सालमा राष्ट्रिय साक्षरता अभियान सञ्चालन गरिएको थियो । नेपालमा साक्षरतालाई टेवा दिने हिसावले साथै जीवनपर्यन्त सिकाइको पहुच विस्तार गर्ने हिसालवले अनौपचारिक शिक्षा केन्द्र द्वाँरा विभिन्न कार्यक्रमहरु सञ्चालित गरेको पाइन्छ । ति कार्यक्रमहरु जस्तैः आधारभूत प्रौढ साक्षरता कार्यक्रम, साक्षरोत्तर शिक्षा कार्यक्रम, महीला साक्षरता शिक्षा प्रथम, महीला साक्षरता शिक्षा दोस्रो, राष्ट्रिय साक्षरता अभियान कार्यक्रम,प्राथमिक शिक्षा विस्तार कार्यक्रम, अनौपचारिक प्रौढ प्राथमिक विद्यालय, निम्नमाध्यमिक तहको खुला शिक्षा, आय आर्जन कार्यक्रम, सामुदायिक अध्ययन केन्द्र, विचैमा विद्यालय छाड्ने वालवालिकाको लागि वालशिक्षा कार्यक्रम आदि हुन् । साथै उक्त साक्षरता कार्यक्रमलाई पहुँचयोग्य बनाउन दिवाखाजा कार्यक्रम सञ्चालन, छात्रा उत्प्रेरणा कार्यक्रम, मातृ तथा शिशु स्वास्थ्य स्याहार कार्यक्रम र शिक्षाका लागि खाद्य कार्यक्रमहरु पनि सञ्चालित गरिएको पाइन्छ । मूख्यतया नेपालमा सञ्चालित साक्षरताका प्रकारहरु कार्यमूलक साक्षरता, सांस्कृर्तिक साक्षरता, बहुसांस्कृर्तिक साक्षरता, सूचना साक्षरता, सञ्चार साक्षरता, बहुभाषिक साक्षरता, दृश्यात्मक साक्षरता, कम्प्युटर साक्षरता, गणितिय साक्षरता, वैज्ञानिक साक्षरता, प्रविधि साक्षरता र अङ्क साक्षरता सञ्चालन रहेको पाइन्छ ।

जीवनपर्यन्त सिकाइः वास्तवमा जीवनपर्यन्त सिकाइ एउटा निरन्तर सिकाइ प्रक्रिया हो जसले कुनै पनि व्यक्तिलाई जिवन र जगत वुझ्न समाजको एक जिम्मेवार सदस्यको रुपमा भूमिका निर्वाह गरि समृद्व जीवनयापन र सम्मुनत समाज निर्माणका लागि आवश्यक ज्ञान, सिप र अभिवृर्ति प्रदान गरि रुपान्तरित सक्षम व्यक्ति अनि सभ्य राष्ट्र निर्माणमा सहयोग पु¥याउछ । शिक्षाको क्षेत्रमा नँया सोचाई नँया चिन्तन को उजागर या विकास गर्नु पनि जीवनपर्यन्त सिकाइ हो । ग्रिसका तत्कालिन दार्शनिक सोक्रेट्स, प्लेटो, एरिस्टोटल अनि मध्यकालिन अवस्थाका रुसो, फ्रोवेल, भोल्टीएर र आधुनिक युगमा डार्विन, न्युटन, व्रेकन, जोन डिवे, युनेस्को को प्रतिवेदन, पाउलो फ्ररे, डिभान र एव्रट रेमेअर जस्ता थुप्रै व्यक्तिहरु र संस्थाहरुले पनि जीवनपर्यन्त सिकाइ को वारेमा आ–आफ्नै धारणा राखेको पाइन्छ । सन् १९१९ मा ए एल स्मिथको प्रौढ शिक्षाको धारणा सवैभन्दा ठुलो जीवनपर्यन्त शिक्षाको उदारहण हो । जीवनपर्यन्त शिक्षाको नामकरण पनि फ्रान्सेलि शिक्षाविद् ब्याचेलर्डले सन १९२९ तिर “भिबचलष्लन ष्क लभखभच यमि” भनाइ बाट नै स्पष्ट पारेको पाइन्छ । यसै गरि सन १९६०–१९७० को दशकमा पाउलो फ्ररे, इभान इलिच र रेमेरजस्ता विद्वान्हरुले विद्यालय शिक्षा अर्थात अपौचारिक शिक्षा को प्रत्क्षय विरोध गरेको पाइन्छ । युनेस्कोको सन १९७२ को प्रतिवेदनले समेत विभिन्न शैक्षिक नीति तयार गर्दा “जीवनपर्यन्त शिक्षा” लाई निर्देशक सिद्वान्तका रुपमा मान्नुपर्ने कुरा बताएको पाइन्छ साथै जीवनपर्यन्त सिकाइ को प्रमाणपत्रसमेत दिने प्रक्रियामा जोड दिएको पाइन्छ । वास्तवमा जीवनपर्यन्त सिकाइ ः औपचारिक, अनौपचारिक र अनियमित ३ प्रकारबाट दिन वा लिन सकिन्छ ।

जीवनपर्यन्त शिक्षाको अर्को शाखाको रुपमा जीवनोपयोगी सीप लाई पनि लिइन्छ । जीवनोपयोगी सीप व्यक्तिको दैनिक जीवनमा आइपर्ने माग र चुनौतीहरुको सामना गर्न प्रभावकारी रुपमा सामञ्जस्य गर्ने सकारात्मक बानी व्यवहार हो । व्यक्तिगत जीवनलाई स्वस्थ र उत्पादनशील तुल्याउन आफूलाई व्यवस्थित गर्ने निर्णयहरु लिनका लागि सूचनाहरु प्रदान गरी समस्या समाधान तथा सामना गर्न सहयोग पु¥याउन मनोसामाजिक सक्षमताहरु र अन्तरवैक्तिक सीपहरुको एक समूह नै जीवनोपयोगी सीपहरु हुन् । अर्को अर्थमा दैनिक जीवनमा आइपर्ने समस्या र चुनौतीहरुको सामना गर्ने सीप जीवनोपयोगी सीप हो । निर्णमा पुग्ने , आत्मविश्वास बढाउने, संवेग र आक्रोश नियन्त्रण गर्ने, माया, दया प्रकट गर्ने जस्ता सीपहरु जीवनोपयोगी सीप हुन् । यसै गरि जीवनोपयोगी सीपमा अन्तरव्यक्ति सञ्चार सीप, समझौता स समझदारी वा इन्कार गर्ने सीप, परानुभूति विकास गर्ने सीप, आपसी सहयोग र सहकार्य गर्ने सीप तथा बहस र पैरवि गर्ने सीप आदि पर्दछन् । वास्तवमा भन्ने हो भने जीवनपर्यन्त सीप र जीवनोपयोगी सीपलाई एक अर्काको परिपुरक रुपमा पनि लिन सकिन्छ । “सुविधा वन्चित समूहमा साक्षरता एवं जीवनपर्यन्त सिकाइको पहुँच विस्तार” युनेस्कोले सन १९६६ देखि सेप्टेम्वर ८ लाई अन्तराष्ट्रिय साक्षरता दिवस का रुपमा जव मनाउन शुरु ग¥यो त्यसपछि साक्षरता एवं जीवनपर्यन्त सिकाइको गति बढेको पाइन्छ । तर ति सुविधा वन्चित समूहमा भने अझै पनि शतप्रतिसत रुपमा लक्षित हुन सकिरहेको पाइदैन । विगत लामो समय देखि अन्तर्राष्ट्रिय साक्षरता दिवसले साक्षरतालाई महिला, पुरुष, र समग्र समाजको सशक्तीकरणको एउटा माध्यमका रुपमा मनाउँदै आएका छौ ।

सन १९६६ मा युनेस्कोले अन्तराष्ट्रिय साक्षरता दिवसको घोषणा गरेदेखि यता हामीले यसतर्फ धेरै प्रगति गरिसकेको भएतापनि अझै केहि प्रतिशत नेपालका मानिसहरु निरक्षर रहेको पाइन्छ । वि. सं. २०६५ र २०६९ सालमा दुई पटक गरी जम्मा ६ वर्षको राष्ट्रिय साक्षरता अभियान सरकारी र गैरसरकारी क्षेत्रको सहकार्यमा सञ्चालन गरियो । शिक्षा मन्त्रालयले हाल १५ वर्ष देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढि नागरिक साक्षर भएको सुनिश्ति भएका सम्बन्धित क्षेत्र एव्म जिल्ला वा राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने नीति पारित गरिसकेको हुदाँ उक्त नीति अनुसार गाउँ, नगरपालिका हुँदै सम्वत् २०७१ असारदेखि “साक्षर जिल्ला घोषणा” गर्ने अभ्यासको थालनी गरिएको छ । सुविधा वन्चित समूहमा साक्षरता एवं जीवनपर्यन्त सिकाइको पहुँच विस्तार गर्ने गरि नेपालको संविधानले आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य हकका रुपमा स्थापित गरेको छ । सबैका लागि शिक्षाको अवसर अभिबृद्धि गर्न सरकारले औपचारिक तथा अनौपचारिक दुवै माध्यमवाट विभिन्न सुविधा वन्चित उमेर समूहका महिला, पुरुष, विशेष आवश्यकता भएका तथा कठिन परिस्थितिमा रहेका प्रत्येक बालबालिका तथा वयस्कका लागि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसै सन्दर्भमा दिगो विकासका लक्ष्यहरु को लक्ष्य नं. ४ मा “सबैका लागि समावेशि र समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र जीवनपर्यन्त सिकाइका अवसरहरु प्रवर्धन गर्ने” उल्लेख छ । यसै गरि सहश्राब्दि विकासका लक्ष्य र सबैका लागि शिक्षा जस्ता अन्तर्राष्ट्रिय प्रतिबद्वता एवम् राष्ट्रसङ्घीय घोषणा अन्तर्गत ठुलो राशिको वैदेशिक सहायता परिचालन गरि अनौपचारकि शिक्षाका कार्यक्रम सञ्चालन गरिएका थिए ।

सन २०१६ देखि आगामी १५ वर्षसम्मका लागि अन्तर्राष्ट्रिय प्रतिबद्वताको नयाँ आयामकारुपमा दिगो विकासका लक्ष्य अन्तर्गत नागरिकको जीवनसँग जोडिएको योग्यतामुखी जीवनपर्यन्त शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने लक्ष्य पुरा गर्न सरकारले आवश्यक नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याइसकेको अवस्थामा यि कुराहरुलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सकेमा मात्र सुविधा वन्चित समूहमा साक्षरता एवं जीवनपर्यन्त सिकाइको पहुँच लाई विस्तार गर्न सकिन्छ । पहिलो कुरात अझै पनि साक्षर हुन नसकेका र साक्षर वन्नलाई पहुँच नपुगेका नेपालिहरुलाई साक्षरता सिकाइका लागि साक्षरता अभियानको स्थानीय व्यवस्थापन, सहजकर्ताको व्यवस्था र सहभागीको अनुकूलता अनुसार भबअज यलभ तभबअज, समूह प्रणाली, परिवार साक्षरता र कक्षागत प्रणालीको माध्यमवाट साक्षर बनाई अनि मात्र जीवनपर्यन्त सिकाइको पहुँच विस्तार गर्न सकिन्छ । अनि सिङ्गो नेपाल अनि नेपालि नागरिक साक्षर भएका हुनेछन् । नवसाक्षर नागरिकहरु सामाजिक, राजनीतिक, आर्थिक तथा सांस्कृतिक रुपमा सचेत भएका हुनेछन् ।

नवसाक्षरहरुले जीवनपर्यन्त सिकाइका लागि निरन्तर शिक्षा तथा आवश्यकतामा आधारित सिपमूलक तालिम लगायतका अवसरमा सहभागि हुनसक्ने छन् । आफ्नो अधिकार र कर्तव्ययुक्त बोध भएको नेपाली समाजको स्थापना भएको हुनेछ । मानव विकासको सूचाङ्कमा नेपालको स्तर अभिवृद्वि भएको हुनेछ । तर पनि नेपाल सरकारले सुविधा वन्चितमा रहेका हरेक महिला र पुरुषलाई स्वाभिमान र सम्मानका साथ उनिहरु जे सिक्न अनि बन्न चाहन्छन त्यसका लागि आवश्यक ज्ञान, सीप, क्षमता र अवसरले सुसज्जित तुल्याउने काम गर्नसकेमा मात्र सुविधा वन्चित समूहमा साक्षरता फैलाइ जीवनपर्यन्त सिकाइको पहुँच विस्तार गर्न सकिन्छ । साथै युनेस्कोले जीवनपर्यन्त सिकाइको लागी विश्वव्यापी रुपमा अंगीकार गरिएका इन्चोन घोषणाका चारवटा महत्वपुर्ण कुरा छन समता, समावेशिता, गुणस्तर, र जीवनपर्यन्त शिक्षाको अवसर । त्यस्को हामीले नेपालमा पर्याप्त रुपमा प्रबोधीकरण र त्यसको लागी नेपालको क्षमता अभिबृदि गर्न नितान्त आवश्यकता छ । नेपालमा युनेस्कोले सन १९९५ देखि सामुदायिक अध्ययन केन्द्रमा काम गरिरहेको पाइन्छ । सामुदायिक अध्ययन केन्द्रको मुूख्य काम भनेको पनि अनौपचारिक शिक्षालाई जनप्रवाह गरी जीवनपर्यन्त सिकाईको पहुँच विस्तार गर्नु हो । जीवनपर्यन्त सिकाईको पहुँच विस्तार गर्न ग्रामिण इलाकादेखि शहरि इलाका सम्म साना पुस्तकालय, रिडिङ कर्नर, बुक कर्नरहरुको आवश्यकता पहिचान तथा स्थान छनौट गरि व्यवस्थापन गर्न सकेमा पनि साक्षरता एवंम जीवनपर्यन्त सिकाईको पहँुच लाइ सुविधा वन्चित समुह सम्म पु¥याउन सकिन्छ । सन २०३० सम्मको शिक्षामा मात्र जीवनपर्यन्त भनेर विश्वव्यापी एजेण्डाका रुपमा आएको पाइन्छ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने प्रभावकारी ढंगले चलेका सामुदायिक अध्ययन केन्द्रले जीवनपर्यन्त सिकाइलाई मद्दत्त पु¥याएको पाइन्छ । अर्को तरिका वाट हेर्ने हो भने सुविधा वन्चित समूहमा साक्षरता को पहुँच पु¥याई निरन्तर शिक्षा दिई जीवनपर्यन्त सिकाइको पहुँच विस्तार गर्न पनि निकै चुनौति रहेको देखिन्छ । जीवनपर्यन्त सिकाइमा अरुको सहयोग रोकिएपछि बन्द हुने प्रवृत्ति देखिएको छ यो पनि चुनौति हो । साथै स्थानिय तहमा भएको स्रोत परिचालन गर्नु यसको मूख्य लक्ष्य हो, जुन हुनसकिरहेको छैन । त्यसका लागि हामीले स्थानीयको क्षमता अभिवृद्वि गर्नुपर्दछ, जुन काम पनि हुनसकिरहेको छैन ।अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी मुद्दा लागु गर्न सरकारको क्षमता अभिवृद्वि गर्नु हाम्रो एउटा काम हो । जीवनपर्यन्त सिकाइका लागि पहिलो कुरा साक्षर हुन जरुरी छ । नेपालमा शिक्षित नेपाली कार्यक्रम, अनौपचारिक शिक्षा केन्द्रले निरन्तर शिक्षा, विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत.व्यावसायिक तालीम, आयआर्जन कार्यक्रम, एक विद्यालय एउटा पुस्तकालय यि थुप्रै कार्यक्रमहरु पनि जीवनपर्यन्त शिक्षाको एउटा पाटो को रुपमा लिन सकिन्छ । नेपालमा सुविधा वन्चित समूहमा साक्षरता एवं जीवनपर्यन्त सिकाइको पहँुच विस्तार हुन नसक्नुको कारण प्रमुखत शिक्षामा लगानि नै कम गर्नु हो । विगत देखि वर्तमान सम्म हेर्दा शिक्षामा जम्मा बजेटको झन्डै चौँध प्रतिशत भन्दा माथिको बजेट नै छुट्याइदैन अनि त्यहि बजेटको पचाँसि प्रतिशत सम्म शिक्षकहरुको तलव मा नै खर्च हुन्छ भने कसरि शिक्षाका अन्य कामहरु गर्न सकिन्छ । त्यसो हुदाँ यसले सुविधा वन्चित समूहमा साक्षरता एवं जीवनपर्यन्त सिकाइको पहँुच विस्तारमा समता, समावेशि, गुणस्तर केन्द्रित गर्न समस्या आएको पाइन्छ ।

निश्कर्ष र सुझावः– सरकारले शिक्षामा सुधारका लागि निरन्तर प्रयास गरेको भएतापनि नेपालले अझैँ समस्या भोग्नु परेको छ । शिक्षाले धेरै क्षेत्र ओगट्न सकेको छैन । समतामूलक पहुँच छैन, खासगरि उच्च शिक्षा र प्रौढ शिक्षा तथा तालीममा तालमेल मिलेको पाइदैन् । शिक्षाको गुणस्तर कमजोर छ । प्रौढ सारता दर दरमा मात्र सिमित भई व्यवहारिक रुपमा साक्षर हुन सकिरहेको पाइदैन । अधिकतम वालवालिकाहरु आधारभूत शिक्षा पुरा नगरी विचैमा विद्यालय छोडिरहेका हुन्छन । घोक्ने, परीक्षालाई केन्द्रमा राखेर पढ्ने, पढाउने र निजी शिक्षा अत्यन्त खर्चिलो हुने नेपाल लगायत अन्य केहि एशियाली देशको नीतिगत चिन्ताको विषय बनेको छ । यसले शिक्षामा प्रणालीगत रुपमा नै एउटा वलियो वैकल्पिक उपायको अति नै खाँचो रहेको देखाउँछ –जहाँ सिकारुका लागि पर्याप्त लचकता अपनाइएको होस् र जसले गर्दा सबैले सिकाइ प्रक्रियामा सहभागी भई आफ्ना सिकाइ सबै उमेरका मानिसका निम्ति उपयोगी हुन सक्छ । यसवाट व्यक्ति, समाज अनि सिङ्गो देशलाई नै ठुलो फाइदा पुग्न सक्छ । खासमा भन्नु पर्दा जीवनपर्यन्त सिकाइ अनौपचारिक, औपचारिक र अतिरिक्त माध्यमवाट जीवनभर गरिने सिकाइ हो । जसले सिकाइका लागि सिकारुको क्षमता, माग र रुचिमा जोड दिइन्छ, जुन समय र परिस्थिति अनुसार परिवर्तन भइरहन्छन् । जीवनपर्यन्त शिक्षा सापेक्षिक हुन्छ । विकसित देशहरुले जीवनपर्यन्त सिकाइलाई भूमण्डलीकरण अनुरुप ज्ञानको अर्थतन्त्र, आर्थिक उत्पादकत्व र सक्रिय नागरिकतासम्बन्धी मुद्दाहरु सम्बोधन गर्न प्रयोग गरेका छन । तर हाम्रो जस्तो विकासशील राष्ट्रले जीवनपर्यन्त शिक्षालाई साक्षरताको विकास, आत्मनिर्भसता, सामाजिक हित र आयआर्जनको माध्यमका रुपमा लिन सकिन्छ ।

नेपाली समाजमा जीवनपर्यन्त सिकाइ जान्नका लागि सिकाइ, बन्नका लागि सिकाइ, गर्नका लागि सिकाइ र मिलेर वस्नका लागि सिकाइको अनौपचारिक वा अतिरिक्त प्रक्रियाको निरन्तर यात्राका रुपमा रहेको पाइन्छ । जीवनभर सिक्न सक्ने र समाजमा भइरहेको विकाससँग घुलमिल हुदैँ अगाडि बढ्न मानिसले सिकाइलाई निरन्तरता दिइरहनुपर्नेमा जीवनपर्यन्त सिकाइले जोड दिने गर्दछ । अन्तयमा काम गरेर खाने कम शिक्षित समूह, विद्यालयबाहिर रहेका युवा-युवतीहरु, थप शिक्षा लिन चाहेका तर विद्यालय वा शैक्षिक संस्थामा गएर शिक्षा लिन नसक्ने मानिसहरुले खुला तथा दूर शिक्षा जस्ता लचक र सिकाइका वैकल्पिक माध्यमको उपयोग गरि जीवनपर्यन्त सिकाइमा पहुँच विस्तार गर्नुपर्दछ । पुनश्चः सुविधा वन्चित समूहमा साक्षरता एवं जीवनपर्यन्त सिकाइको पहुँच विस्तार गर्न मूख्यतया पहिलो कुरा शिक्षाको लगानि लाई वृद्वि गरि ति सुविधा वन्चित समूहलाई साक्षरता वाट पूर्ण साक्षर अनि निरन्तर शिक्षा दिई ति सुविधा वन्चित समूहलाई उनीहरुको रुचि, क्षमता, चाहना र आवश्यकता अनुसार अन्नखेति, पशुपालन र दुग्ध व्यावसय बागवानी, कुखुरापालन, मत्सयपालन, पर्यटन र होटेल व्यावसाय, हस्तकला र काष्ठकला, साधारण धातुको काम, वस्त्र सिलाई र वुनाई, छालाको काम, डकर्मि इट्टा पोल्ने र भवन निर्माण, वनसम्बन्धि काम, मेकानिक्स, माहुरी पालन, संगीत र नृत्य, सर्टहेन्ड र टाइपीङ, चित्रकला र फोटो ग्राफी, रेडीयो मेकानिक्स, छपाइ, विजुलीको फिटिङ, घडी वनाउने, पानीको धाराको काम गर्ने तथा फर्निचर वनाउने जस्ता तमाम खाले काममा लगाई समृद्व र सम्मुनत नेपाल अनि सुखि नेपाली को परिकल्पना लाई पुरा गर्न सकिन्छ साथै सुविधा वन्चित समूहमा साक्षरता एवं जीवनपर्यन्त सिकाइको पहुँच पु¥याउन संघ, प्रदेश र स्थानिय गरि तिनै तह एकढिक्का भई लागेमा मात्र सुविधा वन्चित समूहमा साक्षरता एवं जीवनपर्यन्त सिकाइको पहुँचलाई सतप्रतिश रुपमा विस्तार गर्न सकिन्छ । लेखक खड्का स्वर्गद्धारी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्यूठानमा कार्यरत हुनुहुन्छ ।

 

Dunduwa Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Musikot-Ad