भैंसी ब्याएपछि कृषकलाई सुत्केरी भत्ता

भैंसी ब्याएपछि कृषकलाई सुत्केरी भत्ता

काठमाडौँ । अर्घाखाँची जिल्लामा भैंसी ब्याएपछि कृषकलाई सुत्केरी भत्ता उपलब्ध गराइने भएको छ । जिल्लाको सन्धिखर्क नगरपालिकाले भैंसी ब्याएपछि कृषकलाई सुत्केरी भत्ता दिने भएको छ । युवाहरुलाई पशुपालनमा लाग्‍न प्रेरित गर्न भन्दै नगरपालिकाले प्रति भैसी ब्याएपछि दुई हजार रुपैयाँ सुत्केरी भत्ता दिन लागेको हो ।

भैंसीको संरक्षण गर्न, कृषकलाई प्रोत्साहन होस् भनेर भत्ता दिन लागिएको नगरपालिकाका पशु विकास शाखा प्रमुख विजय खनालले बताए । भैंसी सुत्केरी भएको दुई महिनाभित्र भत्ता लिन आइसक्नुपर्ने र उक्त रकम पौष्टिक आहार खुवाउन प्रयोग गर्नुपर्ने नगरपालिकाले जनाएको छ । सन्धिखर्कमा नगरपालिकाभित्र करिब २० हजार भैंसी रहेको र तीमध्ये १० हजारजति ब्याउने अवस्थामा रहेको खनालले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार