कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना पोजेटिभ

कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना पोजेटिभ

फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलरबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

सोमबार ज्वरो आएपछि कोरोनाको आशंकामा महामन्त्री कोइरालाको र परिवारसहित सुरक्षाकर्मीलगायत १९ जनाको स्वाब परीक्षण गरिएकाे थियाे । महामन्त्री कोइरालाको परीक्षण रिपोर्ट पोजेटिभ आए पनि अन्य १९ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको महाराजगञ्‍ज स्रोतले जनाएको छ । महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था सामान्य छ । उनलाइ कोरोनाको कुनै लक्षण देखिएको छैन ।

कोइराला चिकित्सकहरुको सल्लाहअनुसार होम आइसोलेसनमा बसेका छन् । उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई आवश्यक सजगता अपनाउन अनुरोधसमेत गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार