कालिमाटी वृत्तका तत्कालीन डिएसपी कुँवरलाई कोरोना संक्रमण

कालिमाटी वृत्तका तत्कालीन डिएसपी कुँवरलाई कोरोना संक्रमण

काठमाडौँ । महानगरीय प्रहरी वृत्त, कालिमाटीका तत्कालीन प्रमुख, डिएसपी रूँगम कुँवरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार उनले आफ्नो फेसबुकमार्फत आफूमा लक्षण सहितको कोरोना संक्रमण भएको बताएका हुन्।

उनको गत हप्ता मात्रै केन्द्रीय अनुसन्धान ब्युरोमा सरूवा भएको थियो। कालिमाटी वृत्तबाट आफ्नो आइतबार नै बिदाइ भइसकेको उनले जानकारी दिए। ब्युरोमा भने उनी हाजिर भएका छैनन्।

उनले आफ्नो फेसबुकमा लेखेका छन्, मलाई ज्वरो, सुख्खा खोकी, टाउको दुख्ने समस्याहरु पनि देखा परेकाे छ अहिले म होम आइसोलेशनमा बसेको छु।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार