नेपाली किशोरीलाई भारत लैजाँदै गरेका ६ जना पक्राउ

नेपाली किशोरीलाई भारत लैजाँदै गरेका ६ जना पक्राउ

नेपाली एक किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेका ६ जनालाई राैतहटको सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरूलाई परोहा नगरपालिका-७ चिरान चोकबाट गएराति १ बजे पक्राउ गरेको हो।

बीआर ०५ डी ६०३८ र ना६३ प ४७९९ नम्बरको मोटरसाइकलमा एक किशोरीसहित सात जना भारततर्फ गइरहेका अवस्थामा शङ्का लागेर जाँच गर्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका-५ की यादव थरकी १८ वर्षीया किशोरीसहित मौलापुर नगरपालिका- ८ का २० वर्षीय अनिल पटेल, २० वर्षीय दीपेन्द्र पटेल, विजयपुर–५ मौलापुरका १९ वर्षीय अरविन्द ठाकुर, २० वर्षीय धनञ्जय तिवारी, १७ वर्षीय दीपेश यादव र २२ वर्षीय रामबालक पटेल रहेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए। सातै जना नियन्त्रणमा रहेको र घटनाबारेमा छानबिन भइरहेको एसपी शाहले बताए। रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार