धनगढीको दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण

धनगढीको दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण

काठमाडौँ । धनगढीस्थित दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण भएको छ। प्रहरीको थुनवा कक्षभीत्रै युवकद्वारा आत्महत्या सम्बन्धी समाचारलाई लिएर १५र२० जना युवाहरुको समूहले समाचारकक्षमै गएर सहसम्पादक जनकसिंह विष्ट लगायतका पत्रकारहरुमाथि आक्रमण गरेका हुन्।

दिनेश खबरले समाचारकक्षमै पत्रकारहरु कुटिएको भिडियो सार्वजनिक गरेको छ। ‘थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या’ भन्ने समाचार झुटो भएको भन्दै आक्रमण भएको हो । समाचारमा धनगढी उपमहानगरपालिका –१ बाट चोरी मुद्दामा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेको उल्लेख थियो । तर युवकले आत्महत्या गरेको समाचार गलत भएको भन्दै मृतकका आफन्तले समाचार कक्षमै गएर पत्रकारहरुमाथि आक्रमण गरेका हुन्।

यस्तै आज भएको घटनाको नेपाल पत्रकार महासंघ कैलाली शाखाले निन्दा गरेको छ । महासंघ कैलालीका कोषाध्यक्ष हिमाल जोशीले घटनामा संलग्नहरुको पहिचान गरी पक्राउ गरेर कानुनी कारबाहीको माग गरका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार