ह्यान्ड स्यानिटाइजरमा भेटियो विषाक्त रसायन, यी ५ वटा कम्पनी कारबाहीमा

ह्यान्ड स्यानिटाइजरमा भेटियो विषाक्त रसायन, यी ५ वटा कम्पनी कारबाहीमा

काठमाडौं । कोरोना भाइरस महामारी रोकथामका लागि बजारमा पाइने ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने मेथानोलु नामक विषाक्त रसायन मिसाइएको पाइएको छ। राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा काठमाडौंका ४ र भक्तपुरका १ गरी पाँच वटा उद्योगले ह्यान्ड स्यानिटाइजरमा मेथानोल प्रयोग गरेको औषधि व्यवस्था विभागले जनाएको छ ।

भक्तपुरस्थित नेपाल कायाकल्प उद्योगको इन्सटेन्ट ह्यान्ड सेनिटाइटर, काठमाडौंस्थित हाइजिन सोप एन्ड केमिकल प्रालिको इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर ओरिजनल, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रीको एडभान्स ह्यान्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रडक्टको इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजरमा मेथानोल भेटिएको औषधि व्यवस्था विभागले जनाएको छ ।

यस्तो विभागले विषाक्त रसायनले मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै प्रयोग नगर्न आग्रह गरेको छ। तोकिएको मापदण्डविपरीत विषाक्त रसायन पाइएकाले यी स्यानिटाइजर तत्काल उत्पादन तथा बिक्री वितरण रोक्न औषधि व्यवस्था विभागले निर्देशन दिएको हो। विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने उद्योगहरुलाई कारबाहीको प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार