स्वास्थ्य कार्यालय रुकुम पश्चिममा प्रसूति सेवा लिने बढे

स्वास्थ्य कार्यालय रुकुम पश्चिममा प्रसूति सेवा लिने बढे

संगम देबकोटा
स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमबाट प्रसूति सेवा लिनेको संख्या बढेको छ। स्वास्थ्य सेवा कार्यालयका अनुसार गत ३ वर्षको तथ्याङ्क हेर्दा १ हजार ८ सय २० जनालाई प्रसूति सेवा प्रबाह गरिएको छ । जसमा १०५ जना सल्याक्रिया मार्फत बच्चा जन्माएको तथ्याङ्कले देखाएको छ ।

सबैभन्दा वढी गत आर्थिक वर्ष २०७५÷०७६ मा ६६१ जना महिलाहरुले प्रसूति सेवा लिएका छन् । जसमध्ये ४७ जना जटिल किसीमका छन् भने ६०२ जनाले सामान्य किसीमबाट बच्चा जन्माएको जिल्ला अस्पताल रुकुमका मेडिकल रेक्रडर इश्वर रावलले जानकारी दिएका छन् ।

त्यस्तै गत आर्थिक वर्ष २०७४÷०७५ मा ५७१ जनामा ३८ जना जटिल किसीमको र ५५५ जना सामान्य प्रसूति सेवा लिएको जनाएको छ । भने गत आर्थिक वर्ष २०७६/०७७ मा जम्मा ५८८ जना मध्ये ५५७ जना सामान्य प्रसूति सेवा र बाँकी २० जनाले जटिल किसीमको प्रसूति सेवा लिएको देखाएको छ । तथ्याङ्क हेर्दा पनि गत आर्थिक वर्षहरुको तुलनामा अघिल्लो बर्षमा सबभन्दा कमले प्रसूति सेवा पाएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार