चितवनमा करेन्ट लागेर दुई सैनिकको ज्यान गयो

चितवनमा करेन्ट लागेर दुई सैनिकको ज्यान गयो

काठमाडौँ । चितवनमा रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर दुई जना सैनिकको ज्यान गएको छ । कालिका नगरपालिकाको वडा नम्बर ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत् दुई जना सैनिकको शनिबार मृत्यु भएको हो।

गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार र जवानको मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए। रुखले विद्युतीय तारलाई छोएपछि उनीहरूले हाँगा काट्ने प्रयास गरेका थिए।

सुवेदार राजुबाबु श्रेष्ठको उपचारको लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो। सैनिक जवान साजन कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थापाले बताए। मृत्यु भएका दुवै जना सैनिक गोरखाका हुन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार