आइसोलेसन सेन्टरमा तोडफोड

आइसोलेसन सेन्टरमा तोडफोड

काठमाडौँ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आइसोलेसन सेन्टर कोरोना संक्रमितहरुले तोडफोड गरेका छन् । साइकृणा मेडिकल कलेजको भवनमा बनाइएको आइसोलेसन सेन्टरमा शनिबार बिहान संक्रमित र खाना खुवाउने व्यक्तिहरूबीच विवाद भएको हो ।

चिया र खाना समयमा नदिने गरिएको र दिएपनि गुणस्तरही भएको भन्दै संक्रमितहरुले विरोध गरेका थिए । त्यसक्रममा संक्रमित र खाना खुवाउनेहरुबीच विवाद भयो र, संक्रमितहरुले खाना राख्ने टेबुल समेत तोडफोड गरेका छन् ।

शनिबारको विवादपछि खाना पकाउने जिम्मा लिएका व्यक्तिले अब कुनै लापर्वाही नगर्ने प्रतिबद्धता जनाएको आइसोलेशनमा बसेका एक संक्रमितले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार