कुलमानलाई पुनर्नियुक्ति गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

कुलमानलाई पुनर्नियुक्ति गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन:कुलमान घिसिङलाई नियुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । सोमबार साँझ राष्ट्रिय झण्डासहित उपस्थिति युवाहरुको समूहले कुलमान नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

कुलमानका पालामा लोडसेडिङ अन्त्य भएकाले पुन:उनलाई नियुक्त गर्न माग गर्दै युवाले प्रदर्शन गरेका हुन्। कुलमानका पक्षमा सार्वजनिक दबाब बढी नै भएपछि ऊर्जा मन्त्री वर्षमान पुनले एक टेलिभिजनमा कुराकानी गर्दै घिसिङलाई नै प्राधिकरणमा पुनर्नियुक्ति गरिने बताएका थिए।

तर ऊर्जा मन्त्रालयले भने मन्त्रिपरिषद्‍मा हालसम्म कुनै प्रस्ताव पठाएको छैन। प्रदर्शनमा उज्यालो नेपालका महानायक जिन्दावादु, कुलमान घिसिङ जिन्दावादु, कुलमानलाई पुनर्नियुक्ति गरु लगायतका नारा युवाहरूले लगाएका थिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार