वामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने सरकारको निर्णय

वामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा सहभागी एक मन्त्रीले वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभा सदस्य बनाउनका लागि सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिए।

यस्तै मन्त्रिपरिषद्‍को सोही बैठकले असोज ५ गतेबाट आन्तरिक उडान र सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णयसमेत गरेको छ। सरकारले चैत ११ गते लकडाउन लागू गर्नुभन्दा पहिले नै यी दुवै सेवा संचालनमा रोक लगाएका थियो।

अब सुरक्षाका उपाय अपनाएर लामो दुरीका सार्वजनिक यातायात र हवाइ सेवा संचालन हुने भएको हो। यसका लागि सरकारले मापदण्ड तयार गरिसकेको छ। भदौ २९ गते कार्यकाल सकिएका विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमानलाई निरन्तरता दिने विषयमा पनि सार्वजनिक दबाब रहेको थियो। तर सो विषयमा भने उनले केही पनि खुलाउन चाहेनन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार