काठमाण्डौ उपत्यकामा १२ हजार पुगे कोरोना सङ्क्रमित

काठमाण्डौ उपत्यकामा १२ हजार पुगे कोरोना सङ्क्रमित

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १२ हजार पुगेको छ । पछिल्लो पटक लकडाउन खुकुलो भएसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले काठमाण्डौ उपत्यकामा अहिलेसम्म १२ हजार २ सय ४८ जनामा सङ्क्रमण देखिएको बताएका छन। तीमध्ये १० हजार सङ्क्रमित काठमाण्डौ जिल्लाका मात्रै रहेका छन । काठमाण्डौमा महिला तीन हजार ३०२ र पुरुष छ हजार ७२४ जना रहेका छन् ।

यस्तै ललितपुरमा एक हजार एक सय ९१ जनामा तथा भक्तपुरमा एक हजार ३१ जनामा कोरोना पुष्टि भएको छ । अहिले दैनिक चार सय जनाको हाराहारीमा उपत्यकामा सङ्क्रमित बढ्न थालेका छन् । सोमबार मात्र काठमाडौँ उपत्यकामा ५ सय १२ जना सङ्क्रमित फेला परेका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार