मंगलबार थप १४५९ जनालाई कोरोना संक्रमण,

मंगलबार थप १४५९ जनालाई कोरोना संक्रमण,

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या हालसम्मकै उच्च हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८७८ जनाको पिसिर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५६ हजार ७८८ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ छ। कुल संक्रमितमध्ये निको हुनेको दर ७१‍‍ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा ११ कोरोना संक्रमितmको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार