नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या साढे ४० हजार नाघ्यो

नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या साढे ४० हजार नाघ्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ हजार ६२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ८ लाख ६१ हजार ७८० परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १० हजार ३७५ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार २५० जना रहेका छन् ।

त्यसैगरी सकृय संक्रमितको संख्या १५ हजार ७७९ जना रहेको छ । २४ घन्टामा थप ११ जनाको मृत्यु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार