प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला नियुक्त

प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला नियुक्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला तोकिएका छन् । आज बाट कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाइएको हो ।

उनी वरिष्ठताका आकारमा निमित्त कार्यकारी निर्देशक तोकिएका हुन् । कोइरालालाई उर्जामन्त्री वर्षमान पुनले मंगलबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको  मन्त्रालय स्रोतले जानकारी दिएको छ । कोइराला यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक १२ औं तह मा कार्यरत थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार