नेपाललाई ओमानले दियो १९८ रनको चुनौती

नेपाललाई ओमानले दियो १९८ रनको चुनौती

पहिलो एक दिवसीय क्रिकेटमा नेपाललाई ओमानले १९८ रनको चुनौती दिएको छ ।

टस जितेर पहिले फिल्डिङ गरेको नेपालका लागि मोहमद नादिमले राम्रो फिनिसिङ गर्दा ओमानले १९७ रन बनायो । ९५ बलको सामना गरेका नादिमले ६७ रनको अर्धशतकीय पारी खेले ।

नेपालका लागि भने सुशन भारीले उत्कृष्ट बलिङ गरेका थिए । उनले दश ओभर खेल्दै १४ रन खर्चिएर तीन विकेट लिए । अन्तिम ओभरमा महँगो बनेका करण केसीले चार विकेट लिए ।

दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए । नेपालका अनुभवी खेलाडी तथा पूर्व कप्तान पारस खड्का र अन्तर्राष्ट्रिय खेलहरुमा राम्रो प्रदर्शन गरिरहेका सन्दीप लामिछाने भने विकेट विहीन बनेका छन् ।

सन् २०१८ मा एक दिवसीय मान्यता पाएको नेपालले पहिलो पटक अमेरिका र ओमानसँग घरेलु मैदानमा सिरिज खेल्दैछ । एक दिवसीय कायमै राख्दै विश्वकपको ढोका खोल्न यो शुरुवाति सिरिज नेपालका लागि निकै महत्वको हुनेछ ।

दश वर्ष नेपाली टीमको नेतृत्व गर्दै पारस खड्काले राजीनामा दिए पछि ज्ञानेन्द्र मल्लको नेतृत्वमा नेपाल पहिलो पटक आईसीसीको आधिकारिक खेल खेल्दैछ ।
घरेलु मैदानमा शुरु भएको सिरिजमा नेपालका अविनाश बोहोरा र सुशन भारीले ओडीआईमा डेब्यू गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार