डिजेलको मूल्य लिटरमा १ रुपैयाँले घटायो

डिजेलको मूल्य लिटरमा १ रुपैयाँले घटायो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य घटाएको छ । डिजेल र मटितेल लिटरमा एक रुपैयाँ मूल्य घटेको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनले पाठएको नयाँ मूल्य सूचीमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

त्यसैका आधारमा डिजेलको मूल्य घटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । अब डिजेल र मटितेलको मूल्य लिटरको ९० रुपैयाँ कायम भएको छ । अरू पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार