अध्यागमनका महानिर्देशक केसीलाई सुप्रबल जनसेवा श्री (तृतीय)

अध्यागमनका महानिर्देशक केसीलाई सुप्रबल जनसेवा श्री (तृतीय)

काठमाडौं । छैटौं संविधान दिवसका अवसरमा सरकारले यस वर्षको सबैभन्दा ठूलो मानपदवी ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ डाक्टर सन्दुक रुइतलाई प्रदान गर्ने भएकाे छ । राष्ट्रको गौरव बढाउन, उन्‍नति र कीर्तिमानी राख्‍न विभिन्‍न क्षेत्रबाट महत्त्वपूर्ण योगदान पुर्‍याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ ।

सरकारले ५९४ जनाको नामावली सम्मानित हुनेको सूचीमा राखेको छ । तर यस वर्ष संविधान दिवसका दिन मानपदवी, अलंकार र पदक पाउनेहरुको नामावलीमा नेपाल रत्‍न पाउने व्यक्तिको नाम भने छैन । गृह मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिनेछ ।

यस्तै सरकारले अध्यागमन विभागका महानिर्देशक रमेश कुमार केसीलाई जनसेवा श्री (तृतीय) बाट सम्मान गर्ने निर्णय गरेको छ। केसीलाई आगामी नयाँ वर्ष २०७८ वैशाख १ गते राष्ट्रपतिले तक्मा प्रदान गर्नुहुने छ । २०५२ साल देखि लेखापाल पदबाट निजामती सेवामा प्रवेश गर्नुभएका केसी यसअघि विभिन्न कार्यालय, मन्त्रालय, विभाग हुँदै बाँके, मोरङ र पोखराको प्रमुख जिल्ला अधिकारी (सिडियो) समेत भईसक्नु भएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार