काँग्रेसका महामन्त्री शशांक कोइराला डिस्चार्ज

काँग्रेसका महामन्त्री शशांक कोइराला डिस्चार्ज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला अस्पतालबाट घर फर्केका छन्। कोरोना संक्रमित कोइरालालाई ज्वरो बढेपछि मंगलबार राति चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो।

चार दिन अस्पतालको आइसोलेसनमा बसेका कोइराला शनिबार अपरान्ह डिस्चार्ज भएका हुन । भदौ २३ मा कोरोना संक्रमण पुष्टि भएका कोइरालाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार