भारतमा कोरोना भाइरसबाट ९० हजार भन्दा बढीको मृत्यु

भारतमा कोरोना भाइरसबाट ९० हजार भन्दा बढीको मृत्यु

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९० हजारभन्दा बढी पुगेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोभिड–१९ बाट ९० हजार २० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ८३ हजार ३४७ जनामा संक्रमण पुष्टि हुँदा एक हजार ८५ जनाको कोभिड–१९ बाट ज्यान गएको छ । अहिलेसम्म भारतमा संक्रमितको संख्या ५६ लाख ४६ हजार पुगेको छ । अहिले ९ लाख ६८ हजार ३७७ जना सक्रिय संक्रमित रहेका छन् । भारत विश्वमै सबैभन्दा दोस्रो धेरै संक्रमित रहेको देश हो ।

यस्तै अहिलेसम्म विश्वमा तीन करोड १६ लाख पाँच हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । विश्वमा ९ लाख ७१ हजारको ज्यान गएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार