बुधबार थप ११७२ जनामा कोरोना सक्रमण

बुधबार थप ११७२ जनामा कोरोना सक्रमण

काठमाडौँ । बुधबार देशभर थप १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ४४९ जनाको पिसिआर परीक्षण गरिएकाे थियाे । यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ६७ हजार ८०४ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८९३ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेका छन । यस्तै पछिल्लो २४ घण्टामा ७ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार