दाङमा पाँच किलो अफिमसहित श्रीमान-श्रीमती पक्राउ

दाङमा पाँच किलो अफिमसहित श्रीमान-श्रीमती पक्राउ

काठमाडौँ । दाङको तुलसीपुरबाट पाँच किलो अफिमसहित दुई जना पक्राउ परेका छन् । तुलसीपुरको गुम्राह चोकबाट गएराति अफिमसहित रोल्पाको थबाङ घर भइ हाल तुलसीपुर बस्दै आएका ४६ वर्षीय कर्म बुढा र उनकी श्रीमती ४५ वर्षीया राजकुमारी बुढा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले रोल्पाबाट दाङ ल्याउन लागेको विशेष सूचनाको आधारमा उनीहरुलाइ अफिमसहित पक्राउ परेको जानकारी दिए । एसपी चन्दले उनीहरुलाइ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार