संघ र प्रदेशका खरदार सुब्बाका लागि ३५ दिने सेवाकालीन तालिम अनलाइनबाट

संघ र प्रदेशका खरदार सुब्बाका लागि ३५ दिने सेवाकालीन तालिम अनलाइनबाट

काठमाडौँ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले संघ र प्रदेशमा कार्यरत खरदार सुब्बाहरूलाई ३५ दिने सेवाकालीन तालिम दिइने भएको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले निजामती सेवाका राजपत्र अनङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारी तथा प्रदेश र स्थानीय तहमा कार्यरत चोथौँ र पाँचौँ तहका कर्मचारीहरुको क्षमता विकास गर्ने उद्देश्यले यही असोज २५ गतेबाट ३५ दिने सेवाकालीन प्रशिक्षण दिन लागेको हो । प्रशिक्षण अनलाइन विधिमार्फत हुनेछ ।

आमने सामने विधिको प्रयोग गरी सञ्चालन गर्न (कोभिड-१९) का कारण अनुकूल अवस्था नभएकोले अनलाइन विधि मार्फत प्रशिक्षण हुने प्रतिष्ठानले जनाएको छ । इच्छुक कर्मचारीहरूले प्रशिक्षण मनोनयन फाराम भरी हाल बहाल रहेको पदको नियुक्ति(पदस्थापन पत्रको फोटोकपी १९ गते बेलुकी ५ बजेसम्म इमेलमा पठाउनु पर्नेछ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार