भारतमा पश्चिम बंगाल सरकारले दियो सिनेमाघर खोल्ने अनुमति

भारतमा पश्चिम बंगाल सरकारले दियो सिनेमाघर खोल्ने अनुमति

भारतको पश्चिम बंगाल सरकारले कोरोना भाइरस महामारीका कारण बन्द रहेका सिनेमाघरलाई अक्टुबर १ देखि खोल्न दिने निर्णय गरेको छ।  राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले ट्विट गर्दै सोको जानकारी दिएकी हुन्।

निर्णय अनुसार सिनेमाहलका अलावा रंगमञ्च, संगीत, नृत्य तथा जादूसम्बन्धी क्रियाकलाप गर्ने अनुमति पनि दिइएको छ।  यस्तै एकपटकमा ५० वा सोभन्दा कम संख्यामा पनि मानिसहरू जमघट गर्न पाउनेछन्।

यसैगरी सबै क्षेत्रमा सामाजिक दूरीको पालना, मास्कको प्रयोग र रोकथामका नियमहरूको अनिवार्य पालना गर्नुपर्नेछ। मार्चदेखि सुरू भएको लकडाउनका कारण भारतभरका सिनेमा हल बन्द रहँदै आएको छ। बन्द सिनेमा हल खोल्न दिने बंगाल पहिलो भारतीय राज्य हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार