५ मिनेट चार्जमै ४ घन्टा बोल्न मिल्ने ओपो मोबाइल बजारमा

५ मिनेट चार्जमै ४ घन्टा बोल्न मिल्ने ओपो मोबाइल बजारमा

काठमाडौ । ओपोले नेपाली बजारमा नयाँ फोन ल्याएको छ। ‘ओपो एफ १७ प्रो’ नामको उक्त फोनको बुकिङ पनि खुला भइसकेको छ। ओपो नेपालका पिआर म्यानेजर सुरज महर्जनका अनुसार यो फोन विशेषगरी युवाहरूलाई लक्षित छ।

यो फोनको मुख्य विशेषता भनेको यसमा भएका ६ वटा क्यामरा हुन्। जसमा पछाडि चार वटा र अगाडि दुइटा सेल्फी क्यामरा छन्। यी क्यामराले पोट्रेट फोटो खिच्न सहज बनाउँछ। यो भनेको कुनै पनि व्यक्तिको अनुहार वा वस्तुलाई नजिकबाट प्रस्ट देखिनेगरी खिच्न सकिने सुविधा हो।

अर्को मुख्य विशेषता भनेको यसको चार्जिङ सुविधा हो। सुरजका अनुसार ओपोको नयाँ फोन तीस मिनेटमा ७४ प्रतिशत चार्ज हुन्छ। जबकि यसअघिका ओपो फोन आधा घन्टा चार्ज गर्दा ५० प्रतिशत मात्रै चार्ज हुन्थे।

‘ओपो एफ १७ प्रो’ ले ५ मिनेट मात्र चार्ज गर्दा पनि धेरै सुविधा दिने सुरज बताउँछन्। पहिलेका मोडलमा ५ मिनेट फोन चार्ज २ घन्टा टकटाइम पाइन्थ्यो। यो भनेको २ घन्टासम्म फोनमा बोल्न सकिने सुविधा हो।

‘ओपो एफ १७ प्रो’ मा भने जम्मा ५ मिनेटकै चार्जमा ४ घन्टा टकटाइम पाइन्छ। यति मात्र होइन, इन्स्टाग्राम २ घन्टासम्म चलाउन सकिन्छ। पब्जी खेल्न परे एक घन्टासम्म खेल्न सकिन्छ। त्यस्तै टिकटक पनि एक घन्टासम्म चलाउन सकिन्छ। हतारमा भएका बेला यो फोन थोरै समय चार्ज गरे पनि धेरै काम गर्न सकिने सुरज बताउँछन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार