बाजुरामा खोलामा बगेर एउटै परिवारका ५ जना बेपत्ता

बाजुरामा खोलामा बगेर एउटै परिवारका ५ जना बेपत्ता

सांकेतिक तस्बिर

काठमाडौं । बाजुरामा खोलामा बगेर एकै घरका ५ जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो २ बजेतिर नुहाउने क्रममा जिल्लाको हिमाली गाउँपालिका वडा न‌. ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका हुन्।

बेपत्ता हुनेहरुमा सोही ठाउँकै धर्म नेपालीकी ३० वर्षीया श्रीमती सत्ता नेपाली, ५ वर्षीया छोरी आरती, ४ वर्षीया छोरी सन्तोषी, १ वर्षीया छोरी किस्मती नेपाली र २ वर्षीया छोरा सम्मान नेपाली रहेको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिएका छन ।

नजिकैको कवाडी प्रहरी चौकीका असई कर्ण बुढाको नेतृत्वमा ६ जनाको प्रहरी टोली र स्थानीयहरुले उनीहरुको खोजी कार्य गरिरहेका छन्। सोही खोलामा यसअघि पनि एक बालिका नुहाउने क्रममा खोलाले बगेर बेपत्ता भएकी थिइन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार