विश्व हिन्दु युवा संघको केन्द्रीय समितिले पूर्णता पायो , प्रवक्तामा शाह मनोनित

विश्व हिन्दु युवा संघको केन्द्रीय समितिले पूर्णता पायो , प्रवक्तामा शाह मनोनित

काठमाडौँ । विश्व हिन्दु युवा संघकाे केन्द्रीय समितिले पुर्णता पाएको छ । अध्यक्ष शाहले मंगलबार संघको १०६ सदस्यीय केन्द्रीय समिति बिस्तार गरेका हुन्।

शाहले संघको प्रवक्ता अनुराग शाह तोकिएका छन् । केन्द्रीय समिति बिस्तार गरेपछि अध्यक्ष शाहले संघलाई एक वर्षमा देशको सबैभन्दा ठूलो संगठनको रुपमा बिस्तार गर्ने पनि उद्घोष गरेका छन्। उनले आफ्नो संगठनले सनातन हिन्दु धर्मलाई जगेना गरेर नेपालमा पुर्वीया दर्शनमा आधारित अर्थनीति लागू गर्न शसक्त रुपमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

विश्व हिन्दु महासंघ नेपालले गत जेठ महिनामा नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाहलाई केन्द्रीय सदस्य तथा युवा विभाग प्रमुखमा मनोनित गरेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार